न घर न डेराको अवस्थामा देउवा !

काठमाडौं, ११ पुस । हिजोसम्म तामझामसहित बालुवाटारमा सरकारी निवासमा रहेका पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा एकै दिनमा ‘न घर न डेरा’ को अवस्थामा पुगेका छन् ।

नेपाली काङ्ग्रेसका सभापति समेत रहेका देउवाको बुढानिलकण्ठ स्थित निजी निवासमा मर्मत चलिरहेकोले देउवा डेरा खोज्‍ने अवस्थामा पुगेका हुन् ।

प्रधानमन्त्री नरहेपछि बालुवाटारको सरकारी निवास छाड्नुपर्ने तर आफ्नो घरमा मर्मत चलिरहेकोले देउवाको लागि छुट्टै डेरा खोजिरहेको काङ्ग्रेस स्रोतले बताएको छ ।

देउवा निवासमा हाल कोठा थप्‍ने गरि मर्मत भइरहेको र केही समय त्यहा बस्न नमिल्ने स्रोतले बतायो । देउवाको लागि अस्थायी डेराको रुपमा पुरै घर खोज्ने काम तीवं छ ।

अन्य ब्यबस्था नहुँदा आज एकदिन बालुवाटार मै बस्ने तर मङ्गलबार बालुवाटार छाड्ने देउवा निकट स्रोतले बतायो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय