ढिला गरी सुरु भयो काँग्रेस संसदीय दलको निर्वाचन

काठमाडौं, ६ पुस । नेपाली काँग्रेसको संसदीय दलको नेता चयन गर्नका लागि दलको कार्यालय सिंहदरबारमा मतदान सुरु भएको छ । विहान ८ बजेदेखि सुरु हुने भनिएपनि केहीबेरको विवादले गर्दा मतदान ढिलो गरी सुरु भएको हो ।
बुथभित्र मोबाइल लैजान पाइने/नपाइने भन्ने विवादका कारण मतदान सुरु हुन सकेको थिएन । मोबाइल लैजान नपाइने कुरामा सहमति भएपछि अहिले मतदान सुरु भइसकेको छ ।
कांग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन् ।

