बस र हायस माइक्रो ठोक्किँदा एकजनाको मृत्यु, १५ जना घाइते

तस्वीर: विकास रौनियार

धादिङ, ५ पुस । धादिङको गजुरीमा बस र माइक्रो ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । मंगलबार दिउँसो साढे १ बजे पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका-२ बिहानीपम्प नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट बेसिशहर जाँदै गरेको बा २ ख ४७६२ नम्बरको हायस माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको लु २ ख २६४४ नम्बरको बस एकआपसमा ठोक्किएका हुन्।

दुर्घटनामा परी माइक्रोमा सवार अन्दाजी २८ वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । ती महिलाको सनाखत भने भएको छैन ।

माइक्रोमा सवार ११ जना र बसमा सवार चार जना गरी १५ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय