क्रिकेट विश्वकप लिग २: नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौं, २२ मंसिर । आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक श्रृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डसँग खेल्दैछ ।
नामिबियाको विन्डहकमा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजेदेखि सुरु हुनेछ । खेलको कान्तिपुर टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण हुने छ ।
यसअघिका तीन खेलमध्ये पहिलो खेलमा नामिबियासँग अंक बाँड्दा दोस्रो खेलमा स्कटल्यान्डसँग ३ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा हिजो नेपाल नामिबियासँग ८६ रनले पराजित भयो ।
आज हुने खेलमा जीत निकाल्दै नेपाल श्रृंखलाको सुखद अन्त्य गर्ने सुरमा रहने छ ।

