ग्वार्कोमा ‘फ्लाइ-ओभर’ निर्माणको काम सुरु हुँदै, सवारी रुटमा फेरबदल

काठमाडौं, १८ मंसिर । यही २३ मंसिर गतेदेखि ललितपुरको ग्वार्को चोकमा फ्लाइओभरको निर्माण कार्य सुरु हुने भएको छ । आगामी शुक्रबार विहान ६ बजेदेखि निर्माण कार्य सुरु गर्न लागिएको हो ।

निर्माण कार्य सुरु गरिने भएपछि सो चोकमा फरक किसिमले ट्राफिक व्यवस्थपन गरिने काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।

निर्माण नसकिँदासम्म कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुबाहक, माहलबाहक तथा दुईपांग्रे सवारी साधनहरूलाई बालकुमारी पुलबाट सर्भिस लेनमा पठाइने छ भने साना चारपांग्रे सवारी साधनहरूलाई फास्ट ट्रयाकबाट चलाइने छ ।

त्यसैगरी कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सबै सवारी साधनलाई ग्वार्को चोकभन्दा ६ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चलाउने व्यवस्था गरिने छ ।

बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ आउने यात्रुबाहक, माहलबाहक तथा दुईपांग्रे सवारी साधनलाई बल्खुबाट सर्भिस लेनमा र साना चारपांग्रे सवारी साधनलाइ फास्ट ट्रयाकबाट सञ्चालन गरिने छ ।

चक्रपथको चार वटा लेनमा ३५ मिटरको फ्लाइओभर बनाउन लागिएको हो । बालकुमारीतर्फबाट २८० र सातदोबाटोतर्फबाट १७५ मिटरको र्‍याम्प बनाउनुपर्नेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय