दोलखामा पुन: माओवादीका कार्की अगाडि

दोलखा, १८ मंसिर । दोलखामा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई उछिन्दै पुनः नेकपा माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्की अगाडि आएका छन् ।
शुक्रबारदेखि सुरु भएको मतगणनामा कार्कीले अग्रता लिएका थिए र शनिबार रातिदेखि भने एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिन थालेका थिए । आइतबार विहानदेखि मतान्तर घटाउँदै लगेका कार्कीले अपरान्हसम्मको गणनामअनुसार शिवाकोटीलाई उछिनेका छन् ।
हालसम्मको गणनाअनुसार कार्कीले कुल २१ हजार ४१२ मत प्राप्त गर्दा शिवाकोटीले २१ हजार १४१ मत पाएका छन् । मतान्तर २७१ रहेको छ ।
मंसिर ४ गतेको निर्वाचनमा धाँधली भएको ठहर गर्दै निर्वाचन आयोगले मंसिर १५ गते दोलखामा पुनः निर्वाचन गराएको थियो ।

