खराब ब्याटिङसँगै नेपाल १३७ रनमै अलआउट

काठमाडौं, १८ मंसिर । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक श्रृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डसँग खेलिरहेको छ ।
टस हारेर ब्याटिङ गरेको नेपालको ब्याटिङ खराब रह्यो । नेपालले ४०.१ ओभरमा अलआउट हुँदै १३७ रन मात्र बनायो । नेपालका लागि गुल्शन झाले सर्वाधिक २९ रनको योगदान दिए ।
ज्ञानेन्द्र मल्लले २५ अर्जुन साउदले १८ कप्तान रोहित पौडेलले १७ आरिफ शेखले १० रन बनाए । दीपेन्द्रसिंह ऐरीले ९ रन करण केसीले ८ रन बनाउँदा सागर ढकाल ४ रनमा अविजित रहे ।
ललित राजवंशीले ३ रन बनाउँदा कुशल भुर्तेलले खाता नै खोल्न सकेनन् । आरिफ शेखले २३, आसिफ शेखले २० रन बनाउँदा अर्जुन साउद र गुल्शन झाले समान १८ रन बनाए ।
स्कटल्यान्डका क्रिस सोलले ३ विकेट लिए भने मार्क वाटले २ विकेट लिँदा ब्रान्डन माकमूलन, सफ्या सरिफ र माइकल लिस्कले १-१ विकेट लिए।
स्कटल्यान्ड केहीबेरमा जवाफी ब्याटिङमा उत्रने छ ।

