रवि लामिछानेको नागरिकताबारे अनुसन्धान सुरु

काठमाडौं, १६ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद रवि लामिछानेको नागरिकताबारे परेको उजुरीमा काठमाडौं प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

लामिछानेले मंसिर ४ को चुनावमा पुरानै नागरिकताको प्रयोग गरी उम्मेदवारी दिएका थिए । यस विषयमा निर्वाचन आयोगमा उनीविरूद्ध उजुरी परेको थियो । निर्वाचन आयोगले रविलाई स्पष्टिकरण सोधेको दिन मतदान भइसकेको थियो । त्यसकारण रविविरुद्ध गृहमा उजुरी परेको थियो ।

उजुरीपछि गृहबाट काठमाडौं प्रशासनलाई पत्राचार गरी अनुसन्धान गर्न भनिएको थियो । प्रशासनले यसमा छानवन गर्न परिसरलाई पत्र पठाएको सहायक प्रमुख जिल्ला अधिकारी खडगबहादुर श्रेष्ठले जानकारी दिए ।

विदेशी नागरिकता त्याग्नुभन्दा पहिल्यै नेपाली राहदानी लिएको अनुसन्धानबाट देखिए लामिछानेलाई जरिवाना र कैद सजाय हुन सक्छ । कसैले झुटा विवरण दिएर राहदानी वा यात्रा अनुमति लिने वा लिने प्रयत्न गरेमा पनि कानुनले सजाय तोकेको छ ।

राहदानी ऐन २०७६ को दफा २१ (क) मा झुटा विवरण दिइ राहदानी लिन नहुने उल्लेख छ। यदि लिएमा भने दफा २२ बमोजिम दुई लाखदेखि पाँचलाख रूपैयाँसम्म जरिवाना वा एकवर्षदेखि ३ वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय