ग्रेडरले साइकललाई ठक्कर दिँदा १५ वर्षीया बालिकाको ज्यान गयो

परेवान्युज

कैलाली, १५ मंसिर । कैलालीको धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा एक बालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा १५ वर्षीया बालिका चेतना साउद रहेकी छन् ।

बिहिबार विहान धनगढी उपमहानगरपालिका–५ हसनपुर-पिपलचौतारा सडकखण्डमा सडकको लेवल मिलाउँदै गरेको अवस्थामा ब्याक गर्ने क्रममा कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिएको हो ।

मृतक साउद पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा ८ कक्षामा अध्ययनरत बालिका रहेको प्रहरीले जनाएको छ ।

साउद साइकल चढेर स्कुलतर्फ जाँदै थिइन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय