विश्वकप फुटबलमा इंग्ल्यान्ड र अमेरिकाको बराबरी

काठमाडौं, १० मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत मध्यराति भएको समूह बी को खेलमा इंग्ल्यान्ड र अमेरिकाले बराबरी खेलेका छन् । दुई टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
दुवै टोलीले गोल गर्ने अवसरहरु प्राप्त गरेपनि सदुपयोग हुन सकेन र अंक बाँड्न बाध्य भए । यस नतिजासँगै इंग्ल्यान्डको २ खेलमा ४ अंक भएको छ भने अमेरिकाको २ खेलमा २ अंक भएको छ ।
इंग्ल्यान्ड शीर्षमा रहँदा इरान ३ अंकसहित दोस्रोमा, अमेरिका तेस्रोमा र वेल्स १ अंकसहित चौथोमा छ । चारवटै टोलीको अघि बढ्ने सम्भावना कायमै रहेको छ ।

