उदयपुर २ मा एमालेका रायमाझी विजयी

उदयपुर, ६ मंसिर । उदयपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन् ।
रायमाझीले १५२५१ मत पाए भने उनका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले १२८९३ मत ल्याए ।

