भक्तपुर २ मा काँग्रेसका दुर्लभ थापा अगाडि

भक्तपुर ५ मंसिर । भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले प्रारम्भिक मतगणनामा अग्रता लिएका छन् ।
थापाले २२३० मतसहित अग्रता कायम गरेका छन् भने उनलाई नेकपा एमालेका महेश बस्नेतले १६३२ मतसहित पछ्याइरहेका छन् ।
राप्रपाका मोहन केसीले १२३ मत पाएका छन् ।

