छानबिनका लागि म तयार छु : प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू कुनै पनि प्रकारको छानबिनका लागि तयार रहेको बताएका छन् ।
पछिल्लो समय पूर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्ने कुरा सार्वजनिक हुनथालेको सन्दर्भमा प्रचण्डले सो कुरा बताएका हुन् ।शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विगतका निर्णयहरूको जिम्मेवारी लिन आफू तयार रहेको पनि बताए। प्रचण्ड र उनको परिवार माथी सामाजिक संजालमा टिप्पणी भैरहेको बेला प्रचण्डले यो धारणा राख्नुलाई अर्थपूर्ण मानिएको छ।
‘म माथी हुने सबै छानबिनका लागि तयार छु’ प्रचण्डले भने-‘मेरो कार्यकालमा जेजस्तो निर्णयहरू भए ती सबै पारदर्शी रहेको र त्यसको सामना गर्न म डराउनु पर्ने कारण छैन ।’
गणतन्त्रका प्रथम प्रधानमन्त्रीदेखि ३ पटक प्रधानमन्त्री भएका प्रचण्डले अगाडि भने, ‘मेरै पालामा निर्णय गरेको हो भनेर मैले धेरैचोटी भनिसकेँ । तपाईंहरुले बुझ्नु हुन्न कि के हो ? सम्पूर्ण छानबिनका लागि म तयार छु ।’

