१३ गते नयाँ प्रधानमन्त्री !

काठमाडौं । देशले चैत १३ गते नयाँ प्रधानमन्त्री पाउने भएको छ। यसपटक नेपालले विश्वकै कान्छो प्रधानमन्त्री पाउनेछ। कुनै अप्रत्याशित राजनीतिक घटना नभए ३५ वर्षीय बालेन्द्र शाह देशको प्रधानमन्त्री हुनेछन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी टिमले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई चैत १३ गते प्रधानमन्त्रीको सपथ गराउने गरि आन्तरिक तयारी गरेको छ। यसको लागी संसद सचिवालय र राष्ट्रपति कार्यालय पनि तयारीमा छन् ।
रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबिचको छलफलले प्रधानमन्त्रीमा शाहले शपथ लिने मिति तय गरेको हो । रास्वपाले फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा प्रत्येक्षमा १२५ र समानुपातिकमा ५७ गरि १८२ सिट जितेको छ।
उपसभापित स्वर्णिम वाग्लेका अनुसार चैत १३ मा शाहले प्रधानमन्त्री पदको शपथ लिनेछन् । चैत १२ गते सांसदहरूको शपथ हुनेछ। प्रधानमन्त्री संगै सानो आकारको मन्त्रीमण्डल गठन गरि सपथ खुवाउने पनि तयारी छ।

