रवि लामिछाने आज छुट्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज जेलमुक्त हुँदैछन् । उनलाई धरौटीमा रिहा गर्न हिजो उच्च अदालतले आदेश दिएको थियो।

हाल नख्खु कारागारमा रहेका पूर्वगृहमन्त्री लामिछानेलाई तुलसीपुर उच्च अदालत, बुटवल इजलासका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

लामिछानेमाथि बुटवलस्थित सुप्रिम सहकारी र अन्य सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा छ । पोखराको सुर्यदर्शन,काठमाडौंको स्वर्णलक्ष्मी सहकारी सहित चितवन र बिरगंजमा समेत सहकारी ठगीको मुद्दामा उनिमाथी अनुसन्धान चलेको थियो।

यसअघि काठमाडौं,कास्की,रुपन्देही,चितवन जिल्ला अदालतले समेत उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएका थिए । तत्कालीन समयमा पनि कास्की प्रहरीको हिरासतमा ८४ दिन बसेर  जिल्ला अदालतबाट धरौटीमा छाड्न आदेश भएपछि लामिछानेलाई धरौटी छाडिएको थियो ।

सभापति लामिछाने रिहा हुनेभएपछी खुशी हुँदै हिजो साँझ नख्खु कारागार पुगेका नेताकार्यकर्ता र समर्थक त्यसै फर्किएका थिए। उनि केही प्राविधिक पक्ष र कानुनी पक्षको काम मिलाएर आज दिउँसो जेलमुक्त हुनेछन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय