बिपिनको रिहाइको पहल गर्न आमा र बहिनी अमेरिका प्रस्थान

 

काठमाडौं । हमासद्वारा अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी अमेरिका प्रस्थान गरेका छन्।

सन् २०२३ मा कृषि तालिमका लागि इजरायल पुगेका विपिन त्यसै वर्षको अक्टोबरमा इजरायल–हमास युद्धका क्रममा बन्धक बनेका थिए। हालसम्म उनको अवस्थाबारे कुनै जानकारी छैन।

परिवारले यसअघि इजरायलमै सम्बन्धित निकायसँग भेट गरेका थिए तर ठोस प्रगति नभएपछि थप पहलका लागि उनीहरू संयुक्त राष्ट्रसंघमार्फत अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्ने उद्देश्यले अमेरिका गएका हुन्।

जोशी परिवारले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका अधिकारीहरूसँग भेटी छिट्टै विपिनको सकुशल उद्धारका लागि आग्रह गर्नेछन्।

यस यात्रामा गैरआवासीय नेपाली संघ (एनआरएनए) का विभिन्न निकायहरूले सहजीकरण गरेका छन्। संघका पदाधिकारीहरूले अमेरिकामा बसाइ र आवश्यक कार्यक्रम सञ्चालनमा सहयोग गर्ने जनाइएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय