नेपालका प्राध्यापकहरू यस्तै हुन्

मनोज कुमार कर्ण

नेपालमा गत २०८२ भदाै २३ र २४ गते जेनजीकाे नाममा भ्रष्टाचार निर्मूलीकरण, सामाजिक सञ्जालमाथि प्रतिबन्ध फुकुवा, करकाे सदुपयाेग आदिजस्ता जायज मागमा लाेकतान्त्रिक र जिम्मेवारभई तर टेक्नाेलाेजीले नै एक्स्पाेज गरिदिए अनुसार अमेरीकि टूलकिट्, बाह्य अदृश्य लगानीमा अनि पाकिस्तानी आईएसआईकाे समर्थकहरूकाे घूसपैठमा नाजायज तरिकाले भएकाे प्रदर्शनमा व्यापक ताेडफाेड, भीडले मान्छे मार्ने, आगजनी आदि नहुने जति सबै कार्य भए ।

देशका लाेकतान्त्रिक र गणतान्त्रिक सबै संस्थामाथि घूसपैठियाद्वारा गरिए-गराइए, नेपाल प्रहरीबाहेक अन्य सुरक्षा निकायकाे असहयाेगात्मक भूमिका सरकार र लाेकतान्त्रिक संस्थाकाे सुरक्षामा राजनीतिकाे “र”पनि नजान्नेले बुझिसके, सेनाले राष्ट्रपतिकाे सम्बाेधनकाे ठाउँमा सेनाले गत भदाै २४ गतेतिर गरेर प्रतिगामी तथा प्रहरीमाथि जीप कुदाउने बैंक डिफाैल्टर दुर्गा प्रसाइंलाई “स्टेक हाेल्डर” भनी वार्तामा बाेलाईयाे र अब उनी प्रसाईंले तिहारपछि पुन: प्रतिगमनकाेलागि चुनाव भाँड्न जेपनि गर्ने सन्देश दिने फेसबूकमा स्टैटस लेख्छ ।

दलका नेताहरू अझै असुरक्षित अवस्थामा रहँदा आदि अराजकताकाेबीच नेपालका प्राध्यापक वर्ग खासगरी अभिभावक छाता संगठन नेपाल प्राध्यापक संघ (नुटा) र साेमार्फत् अन्य अन्य प्राध्यापकहरूबाट देशमा परम्परागत एकाधवटा विज्ञप्ति र पेशागत महासंघकाे आयाेजनमा संविधान दिवश गत अशाेज ३ गते माईतीघर मण्डला, काठमाडाैंमा भद्रकाली, त्रिपुरेश्वर, थापाथली हुँदै पुन: माईतीघरमै एक परिक्रमा लगाउनुबाहेक केही खास कार्यक्रम भएकाे देखिंदैन ।

जबकी युनिवर्सिटिले अहिले विश्वकाे पछिल्लाे शासकीय स्वरूप गणतन्त्रलाई अझ उन्नतपार्दै, वर्तमान संविधानकाे पूर्ण लागू, आवश्यक संशाेधन गर्ने, अग्रगामी तर्फ लम्किंदै भ्रष्टाचार निवारण, भीडतन्त्रले मान्छेमार्ने (Moblynching विराेध, देशमा भयत्रासकाे वातावरणकाे अन्त्यकालागि बाेल्ने, लेख्ने, राष्ट्र र सरकार प्रमुखहरू तथा गृहमन्त्री कहाँ गएर जेनजीका जायज माग सरकारले पूरा गराउनुका साथै भयत्रास हटाई चुनाव सम्पन्न गराउन र प्रतिगामी चलखेललाई राेक्नेबारे बाेलेर लाेकतन्त्र र दलहरूलाई पूर्ण सपाेर्ट गर्ने बेला हाे । दललाई सपाेर्ट भन्नाले दलकाे नेतृत्व यदि भ्रष्टाचारी छ भने उसलाई सपाेर्ट गर्ने हाेईन तर त्यसकाे लागि विगतमा काबिल चीफ जस्टिस रहिसक्नुभएकी कानूनकी ज्ञाता स्वयं हाल काम गर्ने ठाउँमा प्रम हुनुभएकीले माैबलिञ्चिङ गैह्रकानूनी तरिका कसैले जानेर वा घूसपैठियाले गर्न नहुने र भएकामाथि कार्वाही हुनुपर्छ ।

याे लेख यीनै कुराका सेराेफेराेमा रहेर एउटा प्राध्यापकले वर्तमान संवैधानिक व्यवस्था जाेगाउनलाई यसकाे विरूद्धमा अझ काे र कहाँबाट तानाबाना बुन्दैछन्, कस्ले अब आउने मंसीर २०८२ मा सामान्य एउटा दल खाेलेर मेयरबाट मन्त्रीमा सत्तासिन हुन यति मान्छेकाे मृत्युकाे कारण बने त्यसकाे आमजनतामा सुसूचित गराउने नेपालमा हाल विदेशीक्रिडा काे गरिरहेका छन्, ती आदिबारे छाेटाे प्रकाशपार्नेमा केन्द्रीत छ ।

एउटा दल खाेल्नलाई यतिका तिकडम

केही महिना अघि नै याे स्तम्भकारले यसै अनलाईनमा एउटा लेखमा उल्लेख गरेकाे थियाे कि काठमाडाैंका मेयर बालेन्द्र साहले २०८२ मंसिरतिर एउटा राजनीतिक दल खाेल्नेछ जसमा रास्वपाबाट सुमना श्रेष्ठ, स्वर्णिम वाग्लेहरू, धरानका मेयर हर्क राई तथा युवा सेलिब्रिटि राज्यद्वारा उपेक्षितहरूलाई त्यसमा जाेडिनेछ । तर भदाैमा जेनजी आन्दाेलनकाे क्रममा साहले खेलेकाे विदेशी (पाकिस्तानी आईएसआई र अमेरीकि सिआईएकाे सहयाेगी) मर्शिनरीकाे भूमिकाले उनिप्रती हर्क राई र राजावादी उग्रदक्षिणपन्थी दुर्गा प्रसाईंहरूकाे माेहभंग भएर उदासिनता बढेकाे हाे । सुमना त रास्वपाबाट अलग्गिनु भयाे तर वर्तमान सरकारमा साहले मन्त्री नदिलाउँदा उनी तत्काल साहभन्दा पर हर्क राईले झैं रह्ने अनुमान लगाईंदै छ ।

सवाल के उठेकाे छ भने जम्मा एउटा दल खाेल्नलाई सिआईए र आईएसआईकाे खटनमा कसैले नेपालमा देशद्राेह आफ्नै जेनजी नागरिकलाई मार्न लगाई, विदेशी टूलकिट् र ९० कराेडकाे विदेशी फंडिङ्गमा काम गरि गर्ने ? सवाल अर्काेपनि छ, जबसम्म उग्रदक्षिणपन्थी दुर्गा प्रसाईंहरूलाई बालेन्द्र साह प्रतिगामी र राजा फर्काईदिने सहयाेग गरिरहेकाे लाग्याे तबसम्म साह राष्ट्रवादी लाग्याे, विदेशी एजेन्टवाला भूमीका पाच्य भयाे तर साहले सरकारकाे कमाण्ड सम्हाल्न भदाै २४/२५ गतेतिर बाहिर नआई नेपाली सेनालाई त्यही अमेरिका र पाकिस्तानहरूलाई कू गरेर राजा फर्काउन सहयाेग गर्ने वातावरण नमिलाईदिंदा अब बल्ल विदेशी परचक्री बन्ने साह ? आम नेपाली जेनजी र सबै जनता कहिले चेत्ने र चिन्ने यी राजावादी तथा साह विदेशीकाे बुई चढेर नेपालमा परिवर्तन ल्याउनेहरूबाट ?

अहिले त यी राजावादीहरूले राजा फर्काउने जेनजी आन्दाेलनभित्रकाे षड्यन्त्रले पनि सफल नहुँदा बालेन्द्र साहलाई भारत र अमरीकासित जाेड्न थालेका छन् किनकि भारतका प्रम नरेन्द्र माेदी, याेगी आदित्यनाथहरूले नेपालकाे लाेकतन्त्र र वर्तमान संविधानविपरीत गएर राजा फर्काउन सेनालाई हरियाे झण्डा देखाईदिएनन्, देखाउँदैनन् पनि ! जबकी ओपन सेक्रेट के दुईटा हुन् भने पहिलाे त, बालेन्द्र साहका २०७९ मा मेयर बनिसकेपछि चुच्चे नक्शामाथि मेयरभएर बढी बाेल्दा नवभारत टाईम्सलगायतहरूले अन्तर्वार्तालिंदा साहकाे अनमेल जबावले नै उनी पूर्ण पाकिस्तानी एजेन्ट आफूरहेकाे अलिकतिपनि चेतनाभएकाे मान्छेले समात्न सक्छ ।

अर्थात्, साहलाई अब जेनजी आन्दाेलनमा देशमा आगजनी, हत्या तर राजा नफर्केपछि जानीजानी एउटा पाकिस्तानी एजेन्ट साहलाई भारतीय “रअ”सँग दुर्गा प्रसाईंहरूले जाेड्न खाेज्नु रीस पाेख्नु र आफू राजावादीलाई राष्ट्रवादी बनाउने खुराफाती चाल हाे । दाेस्राे ओपन सेक्रेट के हाे भने भारत र अमेरीका स्वयं गणतन्त्रिक, संघ र प्रदेश भएकाे लाेकतान्त्रिक देश हुन् तसर्थ नेपालमा राजतन्त्र फर्काउनु लाजकाे विषय अलाेकतान्त्रिक पनि हाे ।

हाे, भारतलाई नेपालमा तटस्थ, चीनकाे टाङ्गमुनी नछिर्ने केपी ओली वा अन्य कम्युनिस्टकाेभन्दा अलग सरकार चाहिएकाे थियाे । अमेरीकालाई पनि नेपालमा बीआरआई, जीएसआईमा नजाने कम्तिमा तटस्थ सरकार चाहिएकाे थियाे तर ओली सरकारले त चीनमा उसकाे जापानमाथिकाे भिक्ट्री परेडमा नै भाग लिएर अमेरीका, जापानलगायत लाेकतान्त्रिक देशहरूलाई चिढ्याईदियाे र परिणाम सामुमा छ ।

तर भारतकाे बाेर्डर नेपालसँग खुला र टाँसेकाे रहेकाे हुनाले अनि अमेरीकाकाे आफ्नाे अलग स्वार्थकाे कारणले भारत चाहिँ अमेरीकाकाे सहयाेगी कम्तिमा हाल भारत-अमेरीका सम्बन्ध बिग्रेकाेमा सहयाेगी बन्न सक्दैन । जानीजानी भारतलाई अहिले नेपालकाे जेनजी आन्दाेलनमा भारतलाई मुछ्नेहरू कि प्राे-चाईनिज हुन् वा, मूर्ख हुन् केही नबुझ्ने किनकि नेपालमा जेनजीमार्फत् अमेरीकाले के के नेपालमा गराईराख्या छन्, ती सबैबारे भारतीय च्यानेल्स र टेक्निसियनहरूले नै अमेरीकि टूलकिट, एजेन्ट, रकम लगानी, भीडमा घूसपैठ गराई अटाेमेटिक राईफल चलाउने आदि बारे एक्सपाेज सप्रमाण गरिरहेका छन् ।

दुर्गाकाे झेल

माथिकाे वर्णनमा बैंक डिफाैल्टर तथा प्रहरीमाथि जीप हुईंक्याउने दुर्गा प्रसाईंबारे धेरै प्रष्ट पारिसक्याे कि याे मान्छे प्रतिगमन नेपालमा गराउनलाई कसरी विदेशी एजेन्टसँग तालमेल गरेर जेनजी आन्दाेलनमा घूसपैठसमेत गराएर नेपालीकै ज्यानपनि लिन सक्छन । प्रसाईंकाे लागि याे सजिलाे छ किनकि यसकाे मालिक अन्तिम राजा ज्ञानेन्द्र शाहमाथि नै २०५८ सालमै राजगद्दी हत्याउन दरबार हत्याकाण्डसम्म गएर पछि राजा बीरेन्द्र शाहकाे सम्पत्तीपनि कब्जाएकाे अर्थ र आराेप लगाएकाे छ, त्याेपनि आम नेपाली जनताद्वारा नै ।

तसर्थ, प्रसाईंले अब सबै थाेक एक्सपाेज भई राजापनि नफर्किंदा आफू असुरक्षित हुनेहुँदा अब यीनले सामाजिक सञ्जालमा दशैंतिहारपछि राजा ल्याउने अन्तिम धक्का दिने लेख्दैछन् । नेपाली जनताले यहाँ स्पष्ट हुन के जरूरी छ भने – (क) ज्ञानेन्द्र शाहले संविधान दिवश वा अन्य अवसरमा कथित् सम्बाेधनमार्फत् जति शान्ति, अमन र भाईचाराकाे सन्देश दिन्छन्, उनी त्यसकाे विपरीत मान्छे हुन् ।

राजतन्त्र फर्काएर एक-एक विराेधीलाई समाप्त पार्ने हुन् साेच्छन् तर उनकाे मनसूबा कहिल्यै पूरा हुने छैन । हाे, कलियुग हाे र उनले गराएका दरबार हत्याकाण्डकाे फल अब दुर्गाहरूद्वारा असम्भव कुरा पुन: राजा बन्दा बेलायतमा राजा चार्ल्स दाेस्राेलाई जनताले काटेर बाेरामा हालेर थेम्स नदीमा बगाईने जस्ताे भाेग्नलाई ईश्वरद्वारा नै प्रेरित गरिंदैछ । (ख) जाे मान्छेले २०५८ वा २०८२ मा स्वयं राजा बन्नलाई दरबार हत्याकाण्ड र जेनजीलाई मार्नलगाउन घूसपैठियाद्वारा सक्छन्, उ कहिल्यै जनताका सेवक हुनसक्दैन ।

र, ओली सरकारकाे सामाजिक सञ्जाल बन्द र भ्रष्टाचार जुन जेनजी र देशवासीले सह्न सकेनन्, उनीहरूले राजसंस्थाका थप प्रतिबन्धहरू, भ्रष्टाचारहरू कसरी सह्नेछन् र कति दिनलाई प्रतिगमित् कथित् राजसंस्था नेपालमा दुर्गा प्रसाईंले टिकाउन सक्छन् ? तसर्थ, ज्ञानेन्द्रमा अलिकतिपनि “ज्ञान” छ भने बेलायतका राजा चार्ल्स द्वितियजस्ताे बाेरामा बन्दभएर नेपालकाे बागमतीमा जाने प्रयत्न २१‍औं शताब्दीमा नगरी आफ्नाे परिवारलाईपनि वर्तमान संवैधानिक व्यवस्थामा रहेर सुरक्षित पार्नेछन् ।

जेनजी, सरकार र दल एकैठाउँमा

माथिबाट प्रष्ट भईसक्याे कि काबिल चीफ जस्टिस प्रमाणित सुशिला कार्की भने अमेरीकि घनचक्करमा परेर सरकार प्रमुख बन्नुहुँदा अब कसरी देशमा फस्नुभयाे र कति निरीह उहाँ हुनुहुन्छ । अब दुर्गा प्रसाईंले दशैंतिहारपछि ताेकिएकाे छ महिनाभित्र चुनाव हुन नदिन बद्मासी थाल्ने स्टैटस नै सामाजिक सञ्जालमा लेखिसकेका छन् जबकी जनताकाे पटकपटककाे शहादतले प्राप्त वर्तमान गणतन्त्र र संघीयताकाे संविधानलाई जाेगाउनलाई संसदीय दलहरूले पूर्ण सकारात्मक कदमहरू चाल्ने छन् ।

चुनाव हाेस् नै सबैकाे प्रयत्न हुनुपर्छ तर यदि हुन सकेन भने- नेपालमा संवैधानिक शून्यतामा अझ राजतन्त्रका प्रेतहरूले हिंसा मच्चाउने छन्; राजावादी जेनजीबाहेक सबै जेनजी र संसदीय वर्तमान दलहरू तथा कार्की सरकार एक ठाउँमा हुनेछन्; सेनाले लाेकतन्त्र र संविधानकाे विपरीत जाँदा विश्वका कहिंबाटपनि समर्थन नपाई भदाै २४/२५ गतेतिर कै अवस्थामा बाध्यभई तटस्थ बस्नुपर्छ, र आपसमा यदि सत्ताका लागि विदेशी एजेन्टमार्फत् नेपालीकै रगत बगाउनमा लागिरहे देशकाे अस्तित्व खत्तरामा पर्नेछ ।

किन प्राध्यापकले भूमिका खेल्न सकेन त ?

अगस्त ३१ तारिख सन् २००४ अंसार-अल-सुन्ना ईराकी आतंकवादी समूहले १२ जना नेपालीलाई मार्दा नेपाल राेएकाे बेलाका एकजना नेपाली कतारकालागि राजदूतले एउटा भाेज आयाेजना युराेपमा भएकाे बेला नेपालस्थित विदेशी राजदूतहरूलाई नेपालमा लगानीगर्न आग्रह गर्दा नराम्राे गाली भेटे । ती राजदूतहरूकाे भनाई के थियाे भने “देश बनाउनलाई युनिवर्सिटि, सेक्युरिटि र ब्युराेक्रेसी दुरूस्त चाहिन्छ तर नेपालका प्राध्यापकले प्राध्यापन नगरी पद पाउनलाई एकाबिहान नेताकाे चाैखट्टमा देखा पर्छन्, नेपालकाे सुरक्षा व्यवस्थामा यस्ताे छ कि पहिलाे सूचना दूतावासमा पुर्याउँछन् र कर्मचारी प्राय: भ्रष्ट छन् अनि कस्लाई पत्याएर नेपालमा लगानी गर्ने ? बालुवामा पानी हाल्दा उपलब्धी के हाेला ?”

स्तम्भकारलाई अन्यवर्ग सेना, पुलिसहरूले जेनजी आन्दाेलनमै के गरे, ती बारे जनता जानकार भईसके र भ्रष्ट कर्मचारीतन्त्रले नेतासँग मिलेर सुशासन नदिंदा नै यति असन्ताेष देशमा विस्फाेट भयाे तर आफू संलग्न प्राध्यापकले पनि चुके, त्यससँग बढी संलग्न र चिन्तित अनि लज्जितपनि छ । स्तम्भकारलगायत एकाधजनाले राम्राे गरिपनि रहेका हाेलान् तर कुरा समग्रमा राम्राे भएन भन्ने हाे ।

आज नेपालकाे जेनजी क्राईसिसमा खुलेआम माथि उल्लेखित जति विदेशी हस्तक्षेप हुँदापनि प्राध्यापकले नबाेल्नु, नलेख्नु, नुटालगायत युनिवर्सिटिजका अधिवेशनहरू गराउन नसक्नु, वैचारीक प्राध्यापक संघ, संगठनहरूले पनि अधिकांशले अधिवेशन नगराउनु, अधिशेन नहुँदा उठाईएकाे मानाैं प्रप्रासंघकै ८० लाख रूपैयाँ के भयाे आदिबारे धेरै प्रश्न उठेका छन् । जुन देशका प्राध्यापकले देशलाई क्राईसिस परेकाे बेला नबाेलेर काेठामा लुक्छ, शान्त समयमा मात्र नेताकाे वरिपरि आफू शक्तिशाली देखिन झुल्कन्छन् तर लाेकतन्त्र, गणतन्त्र र संविधानकाे पक्षमा, व्यवस्थाकाे पक्षमा जेनजीकाे डरले पुच्छर लुकाएर दुलाेमा पस्छन् तर असक्षम दलका नेता र आफ्नै प्राध्यापक अगुवाकाे विरूद्ध बाेल्दैनन् अधिवेशन गर्नलाई भने त्यस देशमा हुने दिनहुँ भनेकाे राजनीतिक चन्द्र वा सूर्यग्रहण नै हाे ।

रहरले प्राध्यापकीय नेतृत्वमा जाँदा बायाेडेटा भर्न सकिन्छ एकजनाकाे तर देशकाे भविष्य अन्धकारमा जान्छ भन्ने प्रमाणित भईसक्याे । तसर्थ, राजदूतहरूले नेपालका प्राध्यापकबारे गरेका नकारात्मक टिप्पणीबारे प्राध्यापकहरू सुध्रिने कि नसुध्रिने ? कहिले अधिवेशन गराएर सुध्रिन चेष्टा गर्ने ? स्वयं पहिला संस्थाकाे पैसा पारदर्शी गर्ने कि भ्रष्टाचारी कहलिने जस्ता धेरै प्रश्न एकसाथ उब्जेर नेपालकाे क्राईसिसमा प्राध्यापकहरू चुकेका छन् भनी अर्थ लगाईन्छन् ।

(लेखक पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय