रास्वपा सभापतिमा रवि निर्विरोध निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्।

यसैगरी उम्मेदवारी नै नदिई बरिस्ठ नेतामा प्रधानमन्त्री बालेन शाह पनि पक्का भएका छन् । चितवनमा जारी महाधिवेशनको निर्वाचन कार्यक्रम अन्तर्गत सभापतिमा अरू कसैको उम्मेदवारी नपरेपछि केन्द्रीय निर्वाचन आयोगले रवि लामिछानेलाई राति नै निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।

रास्वपाको बिधान अनुसार अब ९९ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ। त्यसपछि त्यहीँबाट पदाधिकारीको पनि निर्वाचन हुनेछ। रविको प्रस्तावकमा वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) बसेका थिए।

रास्वपाको विधानअनुसार सभापति र वरिष्ठ नेताको लागि केन्द्रीय सदस्य निर्वाचित हुन पर्दैन। जसले गर्दा अबको ५ वर्ष रवि लामिछाने सभापति र बालेन शाह बरिस्ठ नेता हुने कुरा टुंगिएको छ।

मंगलवार बेलुकी केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएकाहरुको पहिलो चरणको मतदान भने बुधबार बिहानदेखि सुरु हुने भएको छ। पहिलो चरणमा पार्टी सभापति र केन्द्रीय सदस्यहरूका लागि निर्वाचन हुनेछ। अब सभापति निर्विरोध भएपछि बाकी केन्द्रीय सदस्यको विद्युतीय भोटिङ मेशिन मार्फत मतदान हुनेछ।

मतदानको समय भने खुलाइएको छैन। मतदान सम्पन्न भएको दुई घण्टापछि पहिलो चरणको मतगणना र मतपरिणाम घोषणा गर्ने आयोगका प्रमुख भुवन केसीले जानकारी दिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय