रास्वपा महाधिवेशन : ७ हजार अट्ने अस्थायी टहरा बन्दै


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आगामी साता चितवनमा सुरु हुँदैछ। महाधिवेशनमा झन्डै ७ हजार मानिस सहभागी हुनेछन् ।

पूर्वी चितवनको रत्ननगर स्थित होटल स्टारमा हुने महाधिवेशनमा देश तथा विदेशका पार्टीलाई पनि शुभकामना दिन निम्तो गरिएको छ। महाधिवेशन असार ७ देखि ९ सम्म चल्ने छ। महाधिवेशनले सभापति सहित नयाँ केन्द्रीय समिति निर्वाचित गर्ने भनिएपनी अहिलेकै नेतृत्व दोहोरिने लगभग निश्चित भएकाले चुनावी रौनक भने छैन।

हालका सभापति रवि लामिछाने,बरिस्ठ नेता बालेन शाह,उपसभापति स्वर्णिम वाग्ले,महामन्त्री भूपदेव शाह सोही पदमा दोहोरिने पक्का छ। संस्थापक उपसभापति रहेका डिपि अर्याल सभामुख रहेकाले पार्टीको भूमिकामा हुने छैनन् त्यसैले त्यो ठाउँमा अहिलेका महामन्त्री कविन्द्र बुर्लाकोटीको संभावना देखिन्छ। यद्यपि उनले कुन पदमा बस्ने भन्नेमा मुख खोलेका छैनन् । यसपटक बिधान शंशोधन गरेर धेरै पदाधिकारी बनाउने देखिन्छ। खासगरी बिधानमा बरिस्ठ नेताको व्यवस्था छैन । जुन पद बालेन शाहलाई भनिएको छ त्यो बिधानमा छैन। त्यसैले केही संशोधन हुनेछ ।

गर्मी र वर्षायामको समय त्यसमाथी चितवनको गर्मीमा हुनलागेको महाधिवेशन स्थलमा सहभागीलाई कष्ट नहोस् भनेर ७० भन्दा बढी पंखा र २० वटा कुलरको व्यवस्था गर्न लागिएको आयोजकको भनाइ छ। महाधिवेशन स्थल स्टार होटलको सभाकक्षसँगै रहेको टिनको टहरालाई जोडेर ३२ हजार ४८० स्क्वायर फिटको जमिनमा महाधिवेशनस्थल बनाउने काम धमाधम भैरहेको छ। जहाँ ७ हजार कुर्सी हुनेछन् ।

आज असार २ गते मङ्गलबारदेखि राष्ट्रिय महाधिवेशनको सचिवालय सञ्चालनमा आउने र असार ४ गतेदेखि पार्टीका पदाधिकारी एवं नेताहरु महाधिवेशन नसकिएसम्म महाधिवेशनस्थलमै रहने रास्वपाले जनाएको छ। यसअघि पालिका,जिल्ला र प्रदेश अधिवेशन सकेको रास्वपाले महाधिवेशनमा ३ हजार प्रतिनिधि सहभागी हुने जनाएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय