यी हुन् रास्वपाका ९९ केन्द्रीय सदस्य
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन चितवनमा जारी छ। पाँच दिनपछि बिहिवार बेलुकी ९९ सदस्यीय केन्द्रीय सदस्य निर्वाचित भएको घोषणा गरेको रास्वपाले पदाधिकारी चुनाव गर्न बाकी नै छ।
यसअघि मंगलबार बेलुकी नै सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो भने बरिस्ठ नेता बालेन शाह हुने कुरा निर्वाचन प्रक्रियाविनै सार्वजनिक भैसकेको छ। बुधबार रातभर ९९ जना केन्द्रीय सदस्यको लागि भएको निर्वाचनको परिणाम पनि बिहिवार दिनभर गोप्य राखेर बेलुकी ८:४० बजे मात्रै सार्वजनिक गरिएको हो।
सार्वजनिक गरिएको मत परिणाम अनुसार अर्थमन्त्री समेत रहेका स्वर्णिम वाग्लेले सर्वाधिक मत पाएका छन् । उनले प्राप्त गरेको २६५६ मत हो। त्यसमा पनि प्रवासका सबैको मत पाएका थिए। त्यसैगरी सोविता गौतम,मनिष झा,सागर ढकाल, डा.तोषिमा कार्की,कबिन्द्र बुर्लाकोटी,हरि ढकाल,राजीव खत्री, सस्मित पोखरेल,इन्दिरा रानामगर,निशा डागी,रमेश प्रसाईं, जगदीश खरेलले उल्लेख्य मत पाएका छन् ।
रास्वपाको संशोधित विधान अनुसार १५८ सदस्यीय केन्द्रीय सदस्य रहनेछन् । जसमध्ये सभापति निर्विरोध र ९९ जना केन्द्रीय सदस्य मतदानबाट निर्वाचित भएका छन् । बाँकीमध्ये ५१ जना सभापति रवि लामिछानेले मनोनीत गर्नेछन् । यस्तै ७ प्रदेशका सभापति पदेन सदस्य हुने भएकाले स्वत: केन्द्रीय सदस्य रहनेछन् ।
–स्वर्णिम वाग्ले २६०७
–गणेश पराजुली २०४५
–मनिष झा २२३७
–सोविता गौतम २५९४
–विपिन आाचार्य २१२६
-कविन्द्र बुर्लाकोटी २१८४
-शिशिर खनाल २४९५
-राजुनाथ पाण्डे १८१२
-रञ्जु दर्शना २२४९
-पुकार बम २०३०
-प्रमोद न्यौपाने १८९२
-हरि ढकाल २२१९
-जगदिश खरेल २०४४
-खगेन्द्र सुनुवार १७०८
-यज्ञमणी न्यौपाने १८६९
-असिम शाह १७२८
-सुलभ खरेल २००८
-सागर ढकाल २३३३
-रिमा विश्वकर्मा १८१०
-निशा डाँगी २०७९
-इन्दिरा राना मगर २०४७
-प्रकृति ढकाल १५१८
-रमेश प्रसाईं २१२३
-समीक्षा बास्कोटा १६९९
-तोसिमा कार्की २२५७
-विराजभक्त श्रेष्ठ २०९४
-सस्मित पोखरेल १८३३
-गिता चौधरी १५१६
-गणेश कार्की १६९३
-राजिव खत्री १७०९
-हिमेश पन्त १६२३
-सुशान्त वैदिक १५१६

