कांग्रेस नेता हरिबोलको श्रद्धाञ्जली सभा

काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य एवं युवा समाजसेवी हरिबोल भन्डारीको श्रद्धाञ्जली कार्यक्रम आइतबार सम्पन्न भएको छ।

काठमाडौं जोरपाटी स्थित पिस ब्याङ्केटमा कांग्रेस ३ नम्बर क्षेत्रीय समितिद्वारा आयोजित श्रद्धाञ्जली कार्यक्रममा स्व.भण्डारीका आफन्त,साथिभाइ र पार्टीका नेताकार्यकर्ताको उपस्थिति थियोे । उनलाई श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा,पूर्वमहामन्त्री डा.शशांक कोइराला,केन्द्रीय सदस्य दिपक गिरी,केन्द्रीय सदस्य उर्मिला थपलिया,काठमाडौं सभापति सबुज बानियाँ र काठमाडौं ३ का क्षेत्रीय सभापति सन्तोष चालिसे, राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनी,गोकर्णेश्वर नगर प्रमुख दिपककुमार रिसाल,कागेश्वरी मनोहरा नगर प्रमुख उपेन्द्र कार्की गोकर्णेश्वर नगर प्रबक्ता एवं वडा नम्बर-५ का अध्यक्ष नारायण बहादुर सुवेदी लगायत पुगेका थिए।

श्रद्धाञ्जली कार्यक्रममा हरिबोलका दाजु कृष्णहरि भण्डारी सहित आफन्त र ठुलो संख्यामा शुभेच्छुकहरु पुगेका थिए। अमेरिकाको टेक्सस स्थित ग्रीनबेरीमा निधन भएका भण्डारी सामाजिक र राजनीतिक रुपमा परिचीत थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय