फिल्म हल बन्द भएपछि चलचित्र रिलिज भएनन्

काठमाडौं । जेन-जी आन्दोलन र त्यसबाट उत्पन्न राजनीतिक घटनाक्रमले २४ भदौदेखी देशका अधिकांश मल्टिप्लेक्स हलहरू अनिश्चितकालका लागि बन्द गरिएको छ। जसले गर्दा नयाँ चलचित्र रिलिज अनिश्चित बनेको छ।
क्युएफएक्स, आईएनआई, विग मुभिज, वान सिनेमाज लगायतले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि हल बन्द हुने जनाएका हुन्। हिजो शुक्रबार रिलिज हुने भनिएको चलचित्र अभिमन्यू-च्याप्टर-१ रिलज हुन पाएन। त्यसैगरी असोज ३ संविधान दिवसको बिदामा रिलिज हुन लागेको ‘जारी-२’ को प्रदर्शन पनि अन्यौलमा छ । अझै ललितपुर,भक्तपुर सहित केहि जिल्लामा कर्फ्यु र निशेधाज्ञा जारी छ ।
जेन-जी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण बन्द गर्नुपरेको हलहरू नयाँ सरकार गठन लगत्तै खुल्ने आशा गरिएको छ। शुक्रबार प्रधानमन्त्री नियुक्त भएपछि अब केहिदिनमा स्थिति सामान्य बन्ने र हल खुल्ने विश्वास हल संचालकले लिएका छन् ।
यसअघि दर्शकले खरिद् गरेका टिकट भने हल खुल्ने बित्तिकै पूर्ण रूपमा फिर्ता गरिने हलहरुले जनाएका छन् । डिजिटल माध्यमबाट टिकट खरिद गरिसकेकाको हकमा यो कुरा भनिएको हो।

