सबल समाज र अलौकिक साकोसको रक्तदान

काठमाडौं । काठमाडौ महानगरपालिका वडा नम्बर -६ बौद्ध महाङ्कालमा रहेको अलौकिक सपनावती सहकारी संस्था र सामाजिक कार्यमा सक्रिय सबल समाजको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

बिगत २० बर्षदेखी निरन्तर सामाजिक काम र रक्तदान आयोजना गर्दै आएको सबल समाज र सहकारी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल अलौकिक सपनावती साकोसको संयुक्त आयोजनामा रक्तदान भएको हो।
महाङ्काल स्थित ज्ञात अज्ञात सहिद स्मृति उद्यानमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म गरिएको रक्तदानमा ५८ जना रक्तदाताले आफ्नो रगत दान गरेको आयोजक मध्यका अलौकिक सपनावती साकोसले जनाएको छ। आयोजकले दिएको जानकारी अनुसार उक्त रक्तदानमा दुबै संस्थामा आवद्ध तथा स्थानीय र अन्यले रक्तदान गरेका थिए ।

गत बर्ष यहि ठाउँमा ७५ जनाले रक्तदान गरेका थिए। यी दुबै संस्थाले सामाजिक उत्तरदायित्व बहनसँगै आफ्नो टोलमा आइपर्ने विभिन्न सामाजिक कार्यमा हातेमालो गर्दै आइरहेका छन् ।
रक्तदानमा स्थानीय समाजसेवी चेतबहादुर कार्कीले पहिलो रक्तदान गरेका थिए।संस्थाले कोरोनाको समयमा समेत सामाजिक कार्य र रक्तदान गरेको थियो। यस क्षेत्रमा उदाहरणीय कार्य गर्ने अग्रणी संस्था मध्यमा यी संस्था पनि पर्दछन् ।



