चलचित्र ‘झरीपछिको इन्द्रेणी’ शुभ मुहूर्त

काठमाडौं । हास्यकलाकार अर्जुन घिमिरे ‘पाँडे’ को निर्देशनमा बन्ने चलचित्र ‘झरीपछिको इन्द्रेणी’को शुभ मुहूर्त गरिएको छ ।
ललितपुरको धन्वन्तरी बाराही मन्दिरमा चलचित्रको शुभ मुहूर्त गरिएको हो । पशुपति शिवजी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गर्न लागिएको चलचित्रलाई कलाकार रियासा दाहाले निर्माण गर्ने भएकी हुन् । यसअघि ‘सक्किगोनी’ हास्य शृङ्खला निर्देशन गरेका अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन गर्न लगेका हुन ।
सोही टिमका कुमार कट्टेल ‘जिग्री’ले भने चलचित्र लाजशरणम निर्देशन गरेका थिए। अर्का कलाकार दिपक आचार्य ‘काकु’ले पनि चलचित्र ‘परान’ निर्देशन गरेका छन् । यो टिमका बिचमा मनमुटाव बढेपछि कलाकार समेत बिभाजित भएका छन् । यही टिमबाट ३ जना निर्देशक बनेका छन् भने सुबोध गौतम कमेडी क्षेत्रमा ब्यस्त छन् ।
चलचित्र ‘झरीपछिको इन्द्रेणी’मा रमेश उप्रेती, निर्मल शर्मा, दिपाश्री निरौला, गणेश उप्रेती, प्रियाना आचार्य लगायतको मुख्य भूमिका रहेको छ । गणेश उप्रेती भर्खरै अमेरिका बसाईपछि स्वदेश फर्किएका हुन् । त्यसैगरी रमेश उप्रेती पनि लामो समय अमेरिका नै बसेर फर्केका हुन् ।
चलचित्रमा कथा कुमार बेन्जन्कारको रहेको छ भने पटकथा गणेश कार्कीको रहेको छ । निर्माण पक्षको अनुसार चलचित्रमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको एउटा र्याप रहने छ । बालेनको गीत ‘लाजशरणम’मापनी थियो।

