रविको पक्षमा २७ लाख ५० हजार हस्ताक्षर

५५ लाख आर्थिक संकलन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षमा २७ लाख ५० हजार ६७७ हस्ताक्षर संकलन भएको छ।

रास्वपाले एक महिनाको अवधिमा उल्लेख्य समर्थन प्राप्त भएको र हस्ताक्षरसँगै आर्थिक सहायता समेत उठेको जनाएको छ।

हालसम्म २७ लाख ५० हजार ६७७ जनाको हस्ताक्षर र ५५ लाख १३ हजार २०७ रुपैयाँ आर्थिक सहयोग जुटेको तथ्यांक बाहिर आएपनि हस्ताक्षर अझै बढी भएको र संकलन जारी रहेको सो पार्टीले जनाएको छ।

सरकारले पार्टी सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध राखेको भन्दै सुरु गरिएको हस्ताक्षर अभियानमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईदेखि केही राजनीतिक नेता, बुद्धिजीवी, नागरिक समाज, कलाकार र शुभेच्छुकले हस्ताक्षर गरिसकेका छन् । हस्ताक्षर अभियान अझै जारी रहेको पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीले परेवान्युजलाई बताए।

अभियान थालेको एक महिनामा २७ लाख ५० हजार ६७७ जनाले हस्ताक्षर गर्नु पार्टीको लागि सुखद सुरुवात भएको रास्वपाका नेताहरुले बताएका छन्। भैरहवा कारागारमा रहेका सभापति लामिछानेको अपिल लिएर रास्वपाले सुरु गरेको यो हस्ताक्षर अभियान अहिले देशभरका वडा तहसम्म चलिरहेको छ।

त्यसैगरी विदेशमा समेत हस्ताक्षर अभियान चलिरहेको भन्दै रास्वपाले यो अभियान अझै केही समयसम्म चल्ने जनाएको छ। यद्यपि हस्ताक्षर कहिलेसम्म चलाउने भन्ने मिति तोकिएको छैन।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • पानी नपर्दा सुक्यो धान,चिन्तामा किसान

    कैलाली । असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो। रोपिएका धानका बिरुवाले लहलहाउँदै किसानको अनुहारमा मुस्कान ल्याउनुपर्ने...

  • संजालमा नायिकाको खोजी !

    काठमाडौं । चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन्...

  • लुम्बिनीमा भुटानी गुम्बा !

    रूपन्देही । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा...