शेखर पक्षलाई छानीछानी कारबाही !

काठमाडौं । नेपाली कांग्रेस पार्टीको केन्द्रीय अनुशासन आयोगले डा.शेखर कोइराला समूहका नेताकार्यकर्तालाई छानीछानी कारबाही गरेको छ।

गत निर्वाचनमा अन्तर्घात,असहयोग र हराउन भूमिका खेलेको भन्दै नेपाली कांग्रेसको अनुशासन आयोगमा उजुरी परेका नेताकार्यकर्तालाई कारबाही गर्दा संस्थापनइतर समूह भने रूष्ट बनेको छ। कारबाही पर्नेमा संस्थापनइतर समूहका नेता डा. शेखर कोइराला निकटका धेरै छन् ।

पार्टीको केन्द्रीय समिति बैठक मै असन्तुष्टि जनाइसकेका डा.कोइरालाले अनुशासन आयोगको निर्णय एकलौटी भएको भनेका छन् । पार्टी अनुशासनको कारबाहीमा परेकाहरूको सूची सार्वजनिक भएपछि शेखर समूहका नेताहरूले तीव्र असन्तोष प्रकट गरेका हुन्।

२०७९ सालमा भएको स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरूलाई असहयोग गरेको भन्दै १८ जनामाथि अनुशासन कारबाही गर्दा धेरैजसो कोइराला समूहका नेताहरू परेका छन्।

आनन्दप्रसाद ढुंगाना नेतृत्वमा रहेको पाँच सदस्यीय अनुशासन समितिका तीन जनाले मात्रै सहमति गरेर यो कारबाही भएको शेखर पक्षको भनाइ छ। अनुशासन समितिका ५ मध्य सदस्यहरू राजीव कोइराला र सन्जय गौतमले यो निर्णयमा कडा असहमति प्रकट गरेका छन्। उनीहरू दुवै जना संस्थापनइतर समूहका हुन्।

कारबाहीको पक्षमा संयोजक ढुंगानासहित ईश्वरी न्यौपाने र ध्रुव वाग्ले उभिएका थिए। अनुशासन समितिमा रहेका कोइराला समूहका दुई सदस्यले सबैलाई सचेत मात्रै गराउनुपर्ने बताएको तर बहुमतका नाममा कठोर कारबाही गरिएको शेखर पक्षका नेता गुरुराज घिमिरेको दाबी छ।

अनुशासन समितिबाट निष्कासनमा परेका तेह्रथुम जिल्लाका महासमिति सदस्य तुलसी सुब्बा, कास्की जिल्लाका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङ जिल्लाका सभापति विष्णुकमार राई, पर्सा जिल्ला क्षेत्र नं १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्ता सबै शेखर समूहका हुन्। त्यसैगरी छोटो अवधीको निलम्बन भोगेका कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसी पनि कोइराला समूहकै नेता हुन्।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • संजालमा नायिकाको खोजी !

    काठमाडौं । चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन्...

  • पानी नपर्दा सुक्यो धान,चिन्तामा किसान

    कैलाली । असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो। रोपिएका धानका बिरुवाले लहलहाउँदै किसानको अनुहारमा मुस्कान ल्याउनुपर्ने...

  • लुम्बिनीमा भुटानी गुम्बा !

    रूपन्देही । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा...