भीषण बाढीले रसुवागढीमा मितेरी पुलसँगै दर्जनौं गाडी बगायो

काठमाडौं । चीनमा भएको भारी वर्षाका कारण भोटेकोशी नदीमा आएको ठुलो बाढीका कारण नेपालको रसुवामा ठुलो क्षति भएको छ ।
नेपाल-चीन सीमानाको मितेरी पुलसँगै बन्दरगाहमा रहेका दर्जनौं गाडीहरू बाढीले बगाएको छ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गाेसाइँकुण्ड नगरपालिका-२ मा भोटेकोसीको बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको हो।
बाढीमा धेरै मानिसहरू पनि परेको बताइएको छ । थप विवरण आउन बाँकी छ ।

