परिवारका चार सदस्यको हत्या गरी आफैंले बोलाए प्रहरी

भोजपुर । भोजपुर नगरपालिका–२ का राजेन्द्र राईले धारिलो हतियार प्रयोग गरी आफ्नै सासु, ससुरा, श्रीमती र सालोको हत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार राईले आफैं प्रहरी कन्ट्रोल रुममा फोन गरी चार जनाको हत्या गरेको बताउँदै पक्राउ गर्न आउन बोलाएका थिए।
प्रहरीले उनलाई हर्बुभन्ज्याङ भन्ने ठाउँमा घाइते अवस्थामा फेला पारेको हो। उनको पेटमा धारिलो हतियारको प्रहार रहेको प्रहरीले जनाएको छ।
घटनास्थलमा उनका ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासु बिन्दु गिरी, र श्रीमती तथा सालोको शव भेटिएको छ।
श्रीमती र सालो नाबालक भएकाले उनीहरूको नाम सार्वजनिक गरिएको छैन।

