एसईई को नतिजा प्रकाशित, ६१ प्रतिशत विद्यार्थी ग्रेडेड

काठमाडौं । २०८१ चैतमा लिइएको माध्यमिक शिक्षा परीक्षा (एसईई) परिक्षाको नतिजा आज प्रकाशित भएको छ।

परीक्षा बोर्ड बैठकले निर्णय गरेसँगै साँझ नतिजा प्रकाशन गरिएको हो। गत वर्षको चैत ७ गतेदेखि सुरु भएको एसईईमा ६१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् ।

परीक्षार्थीले बोर्डको वेबसाइट https://www.neb.gov.np/ बाट एसइईको नतिजा हेर्न सक्छन् भने टेलिफोन वा मोबाइल फोनबाट १६०० डायल गरी प्राप्त निर्देशनअनुसार सिम्बोल नम्बर राखेर पनि हेर्न सक्नेछन्।

एसईईमा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए। जसमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ जना थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय