मिसन ०८४ एमालेको हुनुपर्छ -प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मिसन ०८४ एमालेको लागि भएकोले त्यसैलाई गन्तव्य बनाएर अघि बढ्न नेताकार्यकर्तालाई निर्देशन दिएका छन् ।
राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले युवा संगठनलाई योजनावद्ध ढंगले मिसन २०८४ मा लाग्न निर्देशन दिएका थिए। उनले एमालेका युवाले दादागिरी देखाएर मान्छे कुट्दै हिड्न नहुने तर आइलाग्ने माथी जाइलाग्नुपर्ने समेत बताए। युवा संघले पार्टीको योजना, युवाको हक हित, रोजगारीका कुराहरुमा बढी ध्यान दिनुपर्ने भन्दै उनले साथसाथै मिसन २०८४ लाई प्रमुख लक्ष्य बनाएर अघि बढ्नुपर्ने दोहोर्याए ।
अध्यक्ष ओलीले मिसन २०८४ भुल्न नहुने बताउँदै यसका लागि पार्टी र भ्रातृसंगठन सबैतिर एकीकृत हुनु जरुरी रहेको पनि बताए। नेताकार्यकर्तालाई कुनै प्रकारको विकृत कुराबाट विचलित नहुन उनको आग्रह थियो।
अध्यक्ष ओलीले सही ढंगले नेतृत्व गर्न सक्ने व्यक्तिप्रति युवाहरु असहिष्णु हुनु हुँदैन भन्दै इनोभेटिभ तरिकाले गर्न खोजेका कामहरु विश्वमा युवाहरुले नै गरेकाले आफ्नो क्षेत्रमा दक्षता हासिल र नयाँ उपलब्धि हासिल गर्न अग्रसर हुन शुभकामना समेत दिए।

