वंशजकाे नागरिकता खोस्न मिल्दैन- डा. भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विदेशमा रहेका नेपालीलाई नागरिकता दिन र मताधिकार दिन कन्जुस्याइँ गर्न नहुने बताएका छन् ।

उनले ब्रिटिश गोरखाहरुलाई त झन् वंशजको आधारमा नै नागरिकता दिनुपर्ने समेत बताए। शनिबार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले रगतको आधारमा प्राप्त गर्ने अधिकार कसैले खोस्न नसक्ने बताए।

नागरिकलाई सेनामा भर्ती हुन पठाउने र आवासीय अधिकार दिँदैमा नेपालमा वंशजको आधारमा पाउने नागरिकताबाट वञ्चित गर्नेकुरा राम्रो नभएको उनको भनाइ थियो। पुर्व प्रधानमन्त्री भट्टराईले हिम्मत र शाहस भए ब्रिटिश गोरखा भर्ती बन्द गर्न आग्रह गरे।

भर्ती बन्द गर्न नसक्ने तर,आफ्नै देशका नागरिकमाथि अन्याय गर्ने अधिकार कसैलाई नरहेको उनको भनाइ थियो। नेपालमा नागरिकताको विषयमा बुझाइको अल्पता रहेको भन्दै भट्टराईले संसारमा राष्ट्रिय राज्य रहेसम्म प्रत्येक मानिसको नागरिकता हुने बताए। नेपालकै नागरिकको नागरिकता खोस्ने अधिकार कसैलाई नरहेकोमा पनि उनले जोड दिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय