चितवनमा बस र इभी माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु

चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–४ डडुवामा बस र इभी माइक्रो एकआपसमा ठक्कर खाँदा ७ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१- ००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३ -००१ज २९९ नम्बरको इभी गाडी ठक्कर खाँदा दुर्घटना भएको हो ।
इभी माइक्रोमा सवार ७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५५ वर्षीय सोमप्रसाद रुपाखेती र ५३ वर्षीया मैयाकुमारी न्यौपाने रहेका छन् ।
पाँच जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य मृतकको सनाखत भएको छैन ।
घाइतेहरुको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

