पाँचथरमा निर्माणाधीन बेलिब्रिज भत्किँदा तीन मजदुरको ज्यान गयो

पाँचथर । पाँचथरस्थित मेची राजमार्गमा पर्ने हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भत्किँदा तीन मजदुरको मृत्यु भएको छ ।

काम गर्दै गर्दा बेलिब्रिज भत्किएपछि गम्भीर घाइते भएका उनीहरूलाई पाँचथर अस्पतालबाट थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

ज्यान गुमाउनेमा बाराको सिमरा उपमहानगरपालिका–१२ निवासी २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी छन् । बाँकी घाइते तीन जनाको उपचार भइरहेको छ ।

गत वर्ष असोज १२ गते आएको बाढीले यहाँको बेलिब्रिज बगाएपछि यहाँ पुनः जडानको काम भइरहेको थियो । जडान नसकिँदै बेलिब्रिज खसेको हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय