पुर्वमा बाढीको वितण्डा सुरु,१६ घर डुबे


झापा। झापाको झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माईखोलाको बाढी पसेको छ। बाढी बस्तीमा पस्दा २२ घर डुबानमा परेका छन्।

मनसुन सुरु भएसँगै गएराति माईखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीय सुरक्षित स्थानतर्फ सरेका छन्।

वडाध्यक्ष हिमाल चाम्लागाईका अनुसार सुगाबथान, मिलनबस्ती, कुवाडी, सडकबस्तीलगायत क्षेत्रमा बाढी पस्दा ६० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैखेतीमा क्षति पुगेको छ।

‘माईखोलामा सामान्य बाढी आउँदा मात्रै यस्तो अवस्था भएको हो’, अध्यक्ष चाम्लागाईले भने, ‘यदि ठूलो वर्षा भयो भने झापा गाउँपालिकाका वडा नं १ र २ का तीन हजार घरधुरी विस्थापित हुने जोखिम छ।’

यस वर्ष सदरदभन्दा बढी वर्षा हुने मौसम पूर्वानुमान विभागको सूचनापछि स्थानीयवासीहरूमा बाढीको त्रास बढेको छ। रासस

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय