नायिका विपनाको डिभोर्स हुन लागेकै हो ?


एक समयकी चर्चित नायिका विपना थापा आफ्ना श्रीमान् आशुतोष भारद्वाजसँग डिभोर्स गर्दैछिन् भन्ने हल्ला धेरै अगाडिदेखि चलेको हो। पछिल्लोपटक फेरि यो हल्ला बाहिर आएको छ।

आखिर विपना र आशुतोषको सम्बन्ध बिग्रेकै हो त ? यसबारेमा धेरै कुरा बाहिर नआएपनी आशुतोषको फेसबुकमा नजर लगाउनेले उनीहरुको सम्बन्धमा खटपट भएको सहजै अनुमान लगाउन सक्छ।

थुप्रै नेपाली चलचित्रमा अभिनय गरेकी विपना काठमाडौं स्युचाटरकी हुन् भने आशुतोष भारतिय हुन् । केही समय अगाडि प्रदर्शन भएको चलचित्र “ह्रस्वदिर्घ” मा विपनाले भरतपुरको मेयरको भूमिकामा अभिनय गरेकी छन् । विपना यहि चलचित्र सुटिङको क्रममा नेपाल बस्दा आशुतोषले फेसबुकमा लान्छना लगाएर स्टाटस लेखेका थिए। अहिले पछिल्लो समय पनि नेपालको समेत नाम जोडेर विपनाका बारेमा आशुतोषको फेसबुकबाट केही अपशब्द समेत प्रयोग भएको थियो। यद्यपि आशुतोष बिरामी भएको भन्दै विपना भारत गएकी थिइन् । त्यसपछि घटनाको कहानी अन्तै मोडियो।

विपना भारत पुगेपछि आशुतोषको फेसबुक आइडी ह्याक भएको कुरा बाहिर ल्याइयो। तर, वास्तविकता के हो उनै जानुन। विपनालाई आशुतोषका परिवार र इष्टमित्रले भने राम्रो व्यबहार गर्ने गरेको र श्रीमानसँग पनि सम्बन्ध राम्रै रहेको जानकारहरु बताउँछन् । विपना र आशुतोषको एउटा छोरा समेत रहेको र उनीहरुको पारिवारिक जीवन सुखद नै रहेको तर, पछिल्लो समय आशुतोष बिरामी भएको खबर पनि सार्बजनिक भएको थियो।

आशुतोषले सामाजिक सञ्जालमा अपशब्द पोस्ट गर्दै सम्बन्ध टुटेको घोषणा गरेपछि नायिका विपनाका फ्यान र सुभचिन्तक भने निरास थिए। तर,समाधान खोज्न विपना दिल्ली गएपछि अहिले कुनै हल्ला बाहिरिएको छैन। विपना काठमाडौंबाट दिल्ली उड्नुअघि फेसबुक लाइभमार्फत श्रीमान आशुतोष डिप्रेसन र रक्सीको असरमा रहेको बताउँदै यस्तो व्यवहार भएको हुनसक्ने भनेकी थिइन् । उनले आफू र परिवार तथा सबैलाई सहानुभूति र समर्थन गर्न आग्रह पनि गरेकी थिइन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय