बल्खुमा राजावादी सभा,दुर्गा प्रसाईंका मान्छेलाई नो ‘इन्ट्री’

काठमाडौं । राजावादी समूह समेतको सहभागितामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंको बल्खुमा प्रदर्शन र सभा गर्ने भएको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहित नेताहरूले सम्बोधन गर्ने कार्यक्रममा दुर्गा प्रसाईं नेतृत्वको राजावादी समूहका मानिसलाई भने प्रवेश गर्नै नदिने भनिएको छ। राप्रपाले दुई दिन अघिदेखी दुर्गा प्रसाई समर्थित ब्यक्तिलाई कार्यक्रम स्थल र प्रदर्शन गर्न नदिने भन्दै कडा निगरानी गरिरहेको छ।

गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनापछि राप्रपाले उक्त समूहसँग आफ्नो पार्टीको कुनै सम्बन्ध नभएको भन्दै आएको छ। यद्यपि सोही दिनको प्रदर्शनमा सहभागी भएको र भिडलाई भड्काएर आगजनी र लुटपाट गर्न उक्साएको भन्दै राप्रपा उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलसम्सेर जबरा अझैपनी प्रहरी हिरासतमा छन् ।

राप्रपाले मिश्र र राणाको रिहाई हुनुपर्ने आवाज उठाउदै आएपनी कुनै दबाब भने दिएको छैन। दुई जनाको ज्यान जानेगरी भएको तीनकुने घटनामा मिश्र र राणा सहित ६६ जना प्रहरी हिरासतमा छन् । जहाँ दुर्गा प्रसाईंका समर्थक र राजावादीहरु धेरै छन् ।

आजको कार्यक्रम शान्तिपूर्ण हुने राप्रपाले बताएको छ। राती अबेरसम्म बसेर सुरक्षा ब्यबस्था मिलाएका राप्रपा नेताहरूले जुलुस र प्रदर्शन शान्तिपूर्ण र ब्यबस्थित हुने भनिरहेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय