काठमाडौं महानगरमा लफडा,मेयर वालेन सम्पर्क बिहिन

काठमाडौं महानगरपालिकामा लफडा भएको छ। प्रमुख प्रशासकीय अधिकृत आउने भएपछि लफडा मच्चाएर मेयर वालेन साह सम्पर्क बिहिन भएका छन् ।

अहिले मेयर सम्पर्कमा नआएपछि उपमेयर सुनिता डंगोलको अध्यक्षतामा कार्यपालिका बैठक सुरु भएको छ । बिहीबार बिहानैदेखी कार्यालय तनावग्रस्त बनेको कामपामा मध्याह्न पछि उपमेयर डंगोलको अध्यक्षतामा कार्यपालिकाको बैठक सुरु भएको हो ।

बैठकमा मेयर बालेन शाह सहभागी छैनन् । आफूले निलम्बन गरेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएपछि बालेन असन्तुष्ट छन् ।

मेयर बालेनले महानगरका प्रमुख प्रशासकीय अधिकृत गुराईलाई नगर प्रहरी तैनाथ गरि कार्यालय प्रवेशमा अबरोध गर्न लगाएका थिए। तर, अवरोध छलेर प्रशासकीय अधिकृत आफ्नो कार्यकक्ष प्रवेश गरे। यद्यपि उनको गाडीमा भने महानगर प्रहरीले ह्विल लक गरेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय