गोकर्णेश्वरमा जथाभावी फोहोर फाले ५ हजार जरिवाना

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले जथाभावी फोहोर फाल्ने विरुद्ध कडा कदम चाल्ने भएको छ।
नगरपालिकाका मेयर दिपककुमार रिसालले शुक्रबार एक सूचना जारी गर्दै जथाभावी फोहोर फालेको पाइएमा ५००० (रु.पाँच हजार) सम्म जरिवाना हुने जनाउ दिएका छन् ।
सूचनामा भनिएको छ-‘फुटपाथ, सडक किनारा, सार्वजनिक स्थल, बागमती नदी र सहायक नदीमा फोहोर नफाल्न र नराख्न गोकर्णेश्वर नगरपालिकाद्वारा सूचना जारी गरिएको छ।
यदि सो कार्य गरेको प्रमाण पाइएमा ५००० वा सो भन्दा माथिको कारबाही हुनेछ।’
हेर्नुस् सूचना :


