सिङ्गै सरकार कुलमानको पछि लाग्नु ठिक होइन-गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सिङ्गो सरकार नै कुलमान घिसिङको पछि लागेकोमा आश्चर्य व्यक्त गरेका छन् ।

उनले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) कुलमान घिसिङको पछि लागेर किचकिच गरिरहेको टिप्पणी गरे। शनिबार सिन्धुलीमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले आगामी ४/५ महिनामा सेवा अवधि सकिँदै गरेको कुलमानको पछि लाग्नु राम्रो नरहेको दोहोर्‍याए ।

उर्जा, जलस्रोत तथा सिचाइँमन्त्री दीपक खड्काको भूमिकाप्रति टिप्पणी गर्दै उनले सरकार यसरी एउटा व्यक्तिको पछाडि लाग्न नहुने बताए । साथै उनले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको कामको भने प्रसंशा गरे ।

अहिले परराष्ट्र मन्त्रालयले समस्याको समाधान दिनेगरी काम गरिरहेको बताए । विदेशमा रहेका नेपालीको संख्यालगायतको डाटा संकलन गरेर परराष्ट्र मन्त्रालयले डा.देउवाको नेतृत्वमा प्रभावकारी काम गरिरहेको उनको दाबी छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...