काठमाडौंको शंखरापुरमा टिपरले आश्रममा क्षति पुर्याउँदा तीनजनाको ज्यान गयो

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका –६ सलम्बुटारमा राति दु:खद दुर्घटना भएको छ । त्यहाँ रहेको एक आश्रय स्थलमा टिपर छिर्दा बालबालिकासहित ३ जनाको ज्यान गएको छ ।
द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) ले सञ्चालन गरेको आश्रयस्थलमा विहान करिब पौने ४ बजेको समयमा बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भइ आश्रयस्थलको टहरामा छिरेको थियो ।
१० जना सुतिरहेको एक कोठामा क्षति पुग्दा तीमध्ये २ जना युवाको घटनास्थलमै ज्यान गएको हो भने एकजनाको उपचारका क्रममा ज्यान गएको हो ।
अहिले टिपर र चालक दुवैलाई नियन्त्रणमा लिइएको छ र थप अनुसन्धान अगाडि बढाइएको छ ।

