गायिका अस्मिता र महेशको विवाह आज

काठमाडौं। गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेको प्रेमिल जोडी आज विवाह बन्धनमा बाँधिन लागेका छन् ।
राजधानी काठमाडौंको अनामनगर स्थित कार्की बैन्केटमा आयोजना हुने विवाहका लागि दुवैले नजिकका साथीभाइ, आफन्त र गीतसङ्गीत क्षेत्रका मुख्य मुख्य व्यक्तिहरूलाई मात्रै निम्तो दिएका छन् ।
यद्यपि उनीहरुको विवाह समारोह भने केही दिन अगाडिदेखि आयोजना भइरहेको छ । जसमा उनीहरुले दुबै परिवारको चाहना अनुसारका सबै काम पूरा गरेका छन् । हल्दी, मेहेन्दी लगायत भोज पनि चलिरहेको छ।
अस्मिता र महेशले गत असारमा दुबईस्थित संसारको अग्लो टावर ‘बुर्ज खलिफा’ अगाडि इन्गेजमेन्ट गरेका थिए । यी दुई लामो समयदेखि प्रेम सम्बन्धमा छन् ।

