मन्त्री परिषद निर्णय : कुलमानलाई ३ दिने स्पष्टीकरण

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई तीन दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको ऊर्जामन्त्री दीपक खड्काले जानकारी दिए ।

यसअघि पनि मन्त्री खड्काले पटकपटक स्पस्टिकरण सोधिसकेका थिए। तर, कुलमानले मन्त्रीले नभै सरकारले नियुक्ति गरेकोले स्पष्टीकरण पनि सरकारले सोध्नुपर्ने भनेका थिए। उर्जा  मन्त्री खड्का र घिसिङ बिच सुरुदेखि नै ट्युनिङ मिलिरहेको थिएन।

भर्खरै सरकारले कुलमानलाई कार्यसम्पादनमा समेत शून्य अंक दिएको थियो। कुलमानले भने सरकारले शून्य दिएपनी जनताले माया गरेको प्रतिक्रिया दिएका थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...