प्रचण्डलाई रेखाको प्रश्न : हाम्रो सत्ता आएपछी सुनको चर्पी हुन्छ भनेको होइन र ?

काठमाडौं । कुनैसमय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै कम्मर मर्काएर नाचेकी नायिका रेखा थापाले अहिले उनै प्रचण्डलाई जटिल प्रश्न तेर्साएकी छिन् ।
चलचित्र निर्देशक/निर्माता एवं हिम्मतवाली नायिका रेखाले प्रश्न गरेकी छन् -‘हाम्रो सत्ता आएपछी सुनको चर्पी हुन्छ भनेको होइन र ? फेरी एक चोटि मधेस तिर लालसेना खोज्न हिंडेछन काम्रेडहरु, पुराना आधार ईलाकामा पत्याउन छोडे कि क्या हो ?’
हाल राप्रपा केन्द्रिय कार्यसम्पादन समिति सदस्य समेत रहेकी नायिका थापाले अझै अगाडी लेखेकी छन् -‘चटक पनि कती जानेका ? यो देशमा सत्ता बाहिर बस्न यती पिडा महसुस गर्ने माओवादी, आफ्नो समिक्षा कहिले गर्ला? छातीमा गोली थाप्नेहरु हराए, युद्दमा लाग्ने लस्कर हराए, देशमा नयाँ युग ल्याउछौ भन्नेहरु हराए, अब फेरी अभिनय किन? बरु सिधै भन्नु नि- हामी राजनीतिमा भाईरल हुने अधुरो रहर बोकेर गाउ छिरेका छौ ।’

