रास्वपा केन्द्रिय सदस्य थापा पक्राउ

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केन्द्रीय सदस्य तथा सभापति रवि लामिछानेका निकट मोहन थापा अमेरिकामा पक्राउ परेका छन्।

अघिल्लो साता नेपालबाट फर्किने क्रममा उनी पेन्सिल्भेनिया एयरपोर्टबाटै पक्राउ परेको खुलेको छ। गैरआवासीय नेपाली संघका पदाधिकारीहरूलाई जानकारीमा रहेको उक्त घटना एकसातासम्म गोप्य राखिएको थियो।

थापा बाल्टिमोरस्थित नेपालीहरूको छाता संगठन बानाका पूर्व अध्यक्षसमेत हुन्। उनलाई फिलाडेल्फियास्थित हिरासत केन्द्रमा राखिएको अमेरिकास्थित गैरआवासीय नेपाली संघका एक पदाधिकारीले जानकारी गराए।

थापा लामो समयदेखि नेपाल अमेरिका ओहोरदोहोर गरिरहन्थे। रास्वपा पूर्वसांसद ढाकाकुमार श्रेष्ठसँग पैसा लेनदेनमा मुछिएका थापामाथि नेपालमा सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान सुरु भएपछि अमेरिका फर्किएका थिए।

थापालाई के प्रकरणमा पक्राउ गरिएको भन्ने खुलेको छैन। अमेरिकी ग्रीनकार्ड भएको व्यक्तिले अस्वभाविकरुपमा कुनै देशमा ओहोर-दोहोर गरिरहेमा अमेरिकी अध्यागमनले नियन्त्रणमा लिएर गरेर सोधपुछ गर्ने गरेको एनआरएनएका पदाधिकारीले बताए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...