‘वर्षा र हिमपातको सम्भावना छैन’

काठमाडौं । नेपालमा अब गर्मी बढेको छ । शुक्रबार र शनिबार जे जति पानी पर्‍यो अब त्यो भन्दा बढी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् ।

महाशिवरात्री पछि गर्मी बढ्छ भन्ने बुढापाकाको भनाइलाई बल पुग्नेगरी मौसम बिभागले पनि अब भारी भर्षा र हिमपातको सम्भावना नभएको भनेको छ। प्रीमनसुन सुरु भएकोले केही सातामा पुनः पानी पर्ने, गड्याङ गुडुङ सहित चट्याङ र असिनापानी समेत पर्न सक्छ। हावाहुरीको सम्भावना समेत हुने भएकोले सचेत हुन आग्रह पनि गरिएको छ।

आज (आइतबार बिहान) देशका पहाडी भूभागको मौसम आंशिक मात्रै बदली छ। देशका बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

‘आगामी २४ घण्टासम्म नेपालमा वर्षा र हिमापत गराउने कुनै पनि प्रणाली छैन,’ महाशाखाले आइतबार बिहान जारी गरेको बुलेटिनमा भनिएको छ, ‘तर पनि मौसम सम्बन्धी अध्यावधिक जानकारी लिएर मात्र योजना बनाउनुहोला।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...