पूर्वराजालाई पक्राउ गरिने छैन-महामन्त्री थापा


बिराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुनै कुरा बोलेकै आधारमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न नहुने बताएका छन् ।

महामन्त्री थापाले ज्ञानेन्द्र शाहले विज्ञप्ती जारी गरेकै कारण पक्राउ नगरिने पनि दोहोर्‍याए । प्रजातन्त्र दिवसको अघिल्लो दिन विज्ञप्ती जारी गरेको विषयमा राजनीतिक तहमा ज्ञानेन्द्र शाहबारे दलहरू बीच फरकफरक टिकाटिप्पणी भैरहेको छ।यसै सन्दर्भमा कांग्रेस महामन्त्रीको यस्तो धारणा आएको हो।

पुर्व राजाको अभिव्यक्ति संविधानविरोधी भएको भन्दै उनलाई नियन्त्रणमा लिनुपर्ने मत नेसपा(नयाँ शक्ति) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राखेका थिए । त्यस लगत्तै राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा उपाध्यक्ष रविन्द्र मिश्रले बाबुरामलाई सामाजिक सञ्जालमार्फत नै जवाफ फर्कारहेका छन् ।

यहि बिषयमा कांग्रेस महामन्त्री थापालाई पनि पत्रकारले प्रश्न गरेका थिए ।पत्रकारको प्रश्नमा उनले बोलेकै कारण ज्ञानेन्द्रलाई पक्राउ नगरिने धारणा राखेका हुन्।त्यसैगरी अर्को प्रशंगमा उनले नेपाली जनताले लोकतन्त्रको विकल्प नखोजेको पनि स्पष्ट पारेका छन्। जनताले पटकपटक तानाशाह र निरंकुश शासन व्यवस्था अनुभूत गरिसकेकाले लोकतन्त्रको विकल्प नसोच्ने उनको भनाइ थियो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय