उपेन्द्रले कसलाई भने ‘अपराधी’ मन्त्री ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष एवं पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले बर्तमान सरकारमा सहभागी मन्त्रीलाई ‘अपराधी’ पृष्ठभुमिका भनेर कटाक्ष गरेका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अपराधीहरुलाई मन्त्री बनाएको आरोप लगाउदै अहिलेको सरकारले सुशासन दिन नसक्ने ठोकुवा समेत गरे।‘ओली नेतृत्वको सरकारमा धेरैजसो अपराधी व्याकराउन्ड भएकाहरु मन्त्री छन् ’-उनले एक रेडियो बहसमा भनेका छन् -,‘यस्ता अपराधिक ब्याकराउन्ड भएका मन्त्रीहरुसँग रहेर प्रधामन्त्री ओलीले देश र जनतालाई सुशासन दिन सक्दैनन्।’
उनले कसैको नाम नलिईकन भनेका छन्-‘अहिलेका मन्त्रीहरु हेर्नुस् त, कस्ता–कस्ता अपराधीहरु छन् ? विगतमा अपराधी व्याकग्राउण्ड भएकाहरु, कसरी-कसरी मन्त्री भएका छन् ? हेर्नुस् त, तिनले सुशासन दिन्छन् ? ती इमादार हुनसक्छन् ? ती वाल्मिकी बन्न सक्छन् ? धेरैको व्याकग्राउन्ड त्यस्तो छ।’
साथै, कांग्रेस, एमालेसहितका दलहरु मिलेर बनेको वर्तमान सरकारले संविधान संशोधन गर्न नसक्ने पनि उपेन्द्रको भनाइ छ। ‘उहाँहरुले संविधान संशोधन गर्न सक्नुहुन्छ भन्ने विश्वास नै छैन । उहाँहरुले गर्नुहुन्न,’-उनले भने ।

