पेट्रोलको मूल्य बढ्दा डिजेल र मट्टितेलको घट्यो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ । पेट्रोलको मूल्य बढ्दा डिजेल र मट्टितेलको भने घटेको छ ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ भने डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँ घटेको छ ।

इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मुख्यअनुसार शनिबार पेट्रोलको ५८ पैसा बढेर र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ५९ पैसा घटेर आएको छ ।

सोहीअनुसार मूल्य समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आइतबारदेखि लागू हुने नयाँ मूल्य अनुसार काठमाडौंमा पेट्रोलको १६८ रुपैयाँ र डिजेल र मट्टितेलको १५६ रुपैयाँ प्रतिलिटर पर्ने भएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय