पोखरा भ्रमण वर्षको उद्घाटनमा आगोको लप्का लागेर अर्थमन्त्री र मेयर घाइते
पोखरा । पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा बेलुन फुटेर आगोको झिल्का समात्दा आगोको लप्का लागेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका छन् ।
पोखरा प्रदर्शनी केन्द्रमा भएको कार्यक्रममा बेलुन उडाएर उद्घाटन गर्ने क्रममा उक्त दुर्घटना भएको हो । बेलुन फुटेपछि आगोको झिल्का समाएको र त्यसको लप्काले मेयर आचार्य र अर्थमन्त्री पौडेलको गालामा चोट लागेको छ ।
उनीहरू दुवैलाई उपचारका लागि अस्पताल लगिएको छ ।

