नेसपा(नयाँ शक्ति) को प्रथम महाधिवेशन आजदेखि

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशन आज(आइतबार) देखि काठमाडौंमा सुरु हुँदैछ।
प्रज्ञा भवन कमलादीमा माघ २७ देखि २९ गतेसम्म हुने महाअधिवेशनमा एक हजार पाँच सय प्रतिनिधिले भाग लिने महाधिवेशन व्यवस्थापन समितिका संयोजक हिसिला यमीले जानकारी दिइन् । पुराना दललाई नबोलाइएको महाधिवेशनको डा.भट्टराईले उद्घाटन गर्नेछन् ।
यो महाधिवेशनले नेसपा पार्टीले राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो तुल्याउँदै पार्टी सुदृढीकरण, असल राजनीतिक अभ्यास, संविधानको मर्मअनुरुप समावेशी चरित्रको सङ्गठन निर्माणलाई प्राथमिकता दिनेछ । साथै महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ ।
२०७३ जेठ ३० मा घोषणा भएको नयाँ शक्ति पार्टीको नारा आर्थिक विकास र समृद्धि थियो। मुलुकका अग्रगामी, वैकल्पिक र परिवर्तनकारी राजनीतिक शक्तिसँग सहकार्यको सम्भावना रहेको जनाएको छ । महाधिवेशनमा डा.भट्टराई अध्यक्ष उठ्ने तयारीमा छन् भने पुर्व विद्यार्थी नेता नेत्र चापागाईंले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।
उपाध्यक्षमा दुर्गा शोव,डा.जनक शाह,सोनाम सिं स्याङ्तानको चर्चा छ भने महासचिव कृष्ण शर्मा र ईश्वर रिजाल मध्य एक हुनेछन् । त्यस्तै बाबुराम पुत्री मानुषी यमि भट्टराई सचीवको दावी गरिरहेकी छिन् । सृजना सुवेदीलाई कोषाध्यक्ष बनाउने चर्चा छ।

